आमाका आँसु सुकिसके, दीपक अझै बेखबर
नेपालगन्ज: छोरा दीपक रोकाय बेपत्ता भएको ५ दिन भयो, आमा कर्णसरी रोकायका आँखा ओभाएका छैनन्। रुँदारुँदै आँसु सुकिसकेका छन्, तर छोराको कुनै अत्तोपत्तो छैन। ४ दिनदेखि कर्णसरीको मनमा एउटै आशा छ— कतैबाट दीपक सकुशल रहेको खबर आइहालोस्। भोटेकोशीमा आएको विनाशकारी बाढीमा दीपक बेपत्ता छन्।घरको आँगनमा कोही अपरिचित मानिस देखिए पनि आमा कर्णसरीको मनमा लाग्छ, ‘कतै छोराको खबर लिएर त आएका होइनन् ? ’
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







